Byroad News

Loading...

हेटौँडामा मदन–आश्रितको शालिक अनावरण


हेटौँडामा मदन–आश्रितको शालिक अनावरण

हेटौंडा/१४ असार
स्वर्गीय जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा आज (सोमबार) हेटौँडामा मदन भण्डारी तथा जिवराज आश्रितको शालिक अनावरण गरिएको छ । मकवानपुरको हेटौंडा–९ स्थित दिव्य बाल उद्यानमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले जननेता मदन भण्डारी तथा आश्रितको अर्धकदको शालिक अनावरण गरी माल्यार्पण गर्नु भएको हो ।

नेकपा एमालेका महासचिव जननेता मदन कुमार भण्डारीको ७० औं जन्मजयन्तीको सम्झनामा सोमबार पार्क व्यवस्थापन समितिले एक कार्यक्रमको आयोजना गर्दै प्रमुख अतिथि मुख्यमन्त्री डोरमणी पौडेलद्वारा शालिकको अनावरण गराउनु भएको हो । अनावरणपछि मुख्यमन्त्री पौडेलले पार्कमा वृक्षरोपण समेत गर्नुभयो ।

पार्कमा ६ लाख ५१ हजार रुपियाँको लागतमा निर्माण गरिएको पानीको फोहरा (वाटर फाउन्टेन) निर्माण गर्न आर्थिक सहयोग प्रदान गर्नुभएका गोर्खा लाहारीका प्रवन्ध निर्देशक बजरंग सिंहले सो फाउन्टेन पार्क व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नु भयो । 

पार्क व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतको उपस्थिति थियो ।

Comments

KATHMANDU WEATHER