Byroad News

Loading...

हेटौंडामा अबैध सालको काठ सहित तीन जना पक्राउ


हेटौंडामा अबैध सालको काठ सहित तीन जना पक्राउ

हेटौंडा/१३ असार
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ नेवारपानीबाट अबैध सालको काठसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

गएराती ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले ट्रिपरबाट ५१.६० क्युफिट चिरान सालको काठसहित तीन जनालाई पक्राउ गरेको हो ।

पूर्वपश्‍चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको ना ४ ख ५५०१ नं. को ट्रिपर गाडीलाई रोकेर चेकजाँच गर्दा ५१.६० क्युफिट अबैध सालको काठ फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक जयश्‍वर रिमालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा गाडी चालक मनहरी गाउँपालिका वडा नं. ७ बिजौना बस्ने २५ वर्षीय बाबुलाल मोक्तान, ट्रिपरमा सवार सोही स्थान बस्ने २६ वर्षीय राजु प्रजा र २६ वर्षीय निशान प्रजा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

उक्त काठ, ट्रिपर सहित नियन्त्रणमा लिई आवश्‍यक कारवाहीको लागि डिभिजन वन कार्यालय राप्ती, मनहरी पठाइएको प्रहरीले जनाएको छ ।

Comments

KATHMANDU WEATHER