Byroad News

Loading...

एमाले महाधिवेशन आयोजक कमिटी बैठक असार १६ गते बस्ने


एमाले महाधिवेशन आयोजक कमिटी बैठक असार १६ गते बस्ने

काठमाडौं/१३ असार
नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक असार १६ गते हुने भएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न स्थायी कमिटी बैठकले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक तय गरेको हो ।

उक्त बैठकले पछिल्लो राजनीतिक अवस्था, सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा, दलको महाधिवेशन आयोजक कमिटीमाथि उठाइएका विवादलगायत विषयमा छलफल गर्न बैठकको मिति तय गरेको हो । बैठक सोही दिन बिहान ११ बजे बस्ने प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

Comments

KATHMANDU WEATHER