काठमाडौं/१३ असार
नेपाली कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।
सभापति शेरबहादुर देउवाले महाधिवेशन केन्द्रित हुने गरी पदाधिकारी बैठक आइतबार दिउँसो २ बजेका लागि बोलाउनु भएको छ ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा महाधिवेशनका तयारीबारे छलफल हुनेछ। कांग्रेसमा क्रियाशील सदस्यता सम्बन्धी परेका उजुरीबारे छानविन भइरहेका छन्।
केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले उजुरीबारे अध्ययन थालेको छ।
क्रियाशील सदस्यतामा उजुरी परेकोले के-कसरी टुंग्याउने भन्नेबारे सभापति देउवाले छलफल गर्न शीर्ष नेताको बैठक राख्नु भएको हो ।
कांग्रेसमा अहिलेसम्म ८ लाख क्रियाशील सदस्य पुगेका छन्।
१० लाख क्रियाशील सदस्य बनाउने भनेको कांग्रेसले सिन्धुपाल्चोकलगायत केही जिल्लाबाट क्रियाशीलको विवरण इन्ट्री गर्न बाँकी नै छ। विवरण पठाउन शनिबारसम्म समय दिइएको थियो।
कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ। महाधिवेशन नजिकिएपछि क्रियाशील सदस्यतामा देखिएका विवाद हल गर्न देउवाले बैठक राख्नु भएको हो ।
-
3 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments