एजेन्सी/१३ असार
अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा त्यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २४ जना तालिबान आतंककारी मारिएका छन् । त्यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी ती लडाकू मारिएको बताइएको छ । त्यहाँको संयुक्त सेनाले कुन्दुज तथा अन्य भागमा शुक्रबार रातिदेखि विशेष कारबाही सुरु गरेको थियो ।
अफगानिस्तानको दक्षिणी भूभागमा रहेको से दराक नामको प्रान्तमा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म गरेको कारबाहीमा १६ जना लडाकू मारिएका छन् । ती स्थानमा भएका कारबाहीमा परेर अरु १० जना घाइते पनि भएका बताइएको छ ।
सेनाले कुन्दुजका प्रान्तीय राजधानीबाट केही टाढा तालिवान लडाकूलक्षित हवाई र स्थलमार्गबाट गरेको कारबाहीको क्रममाा ती तालिवान लडाकूहरु मारिएका बताइएको छ ।
त्यसैगरी अफगानिस्तानको सेनाले कुन्दुज नगरमा पनि हवाई तथा स्थलगत रुपमा तालिवानका लडाकूहरुमाथि कारबाही गरेको थियो ।त्यस कारबाहीका क्रममा अरु आठ जनाको ज्यान गएको थियो । यहाँको एक स्थानीय घरमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा अफगान सेनाले कारबाही गरेको थियो ।
अफगानिस्तानको सरकार र त्यहाँका तालिवानहरुका बीचमा शान्ति वार्ता हुने भनिएको थियो तर हुन सकेको छैन । त्यसैले पछिल्लो समयमा तालिवानहरुले पनि त्यहाँका सुरक्षाकर्मीमाथि हमला गर्ने गरेका छन् ।
-
2 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments