Byroad News

Loading...

थाहामा कोरोना: आज सून्य


थाहामा कोरोना: आज सून्य

थाहानगर/१२ असार
थाहानगरमा आज (शनिबार) कोरोना संक्रमण सून्य देखिएको छ । 

शनिबार दुई जनाको एन्टीजेन परिक्षण गरिएकोमा दुबैजनामा संक्रमण नदेखिएको डा. शक्ति चौरासियाले बताउनु भयो । 
अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ३० देखि ४० जनाको संख्यामा बिरामीहरु आउने गरेका छन् । ती बिरामीहरुमध्ये नियमित परिक्षण, फलोअप, पिसाव संक्रमण लगायतका रहेका छन् । कोरोनाको परिक्षण भने लक्षण देखिएकाहरुमा मात्र गर्दै आएका छन् । 

केही दिनदेखि फिल्डमा नबोलाएको र प्रतिकूल मौसमका कारण स्वास्थ्य केन्द्रमा आएका बिरामीहरुको मात्र परिक्षण गर्ने गरिएको डा. चौरासियाले बताउनु भयो । उहाँका अनुसार भोलि आइतबार टिष्टुङको नौखण्डेमा एन्टीजेन परिक्षणको तयारी गरिएको छ ।
शनिबारसम्म थाहानगरमा कोरोनाको वडागत विवरण 

Comments

KATHMANDU WEATHER