Byroad News

Loading...

गम्भीर औषधिको दुरुपयोग नियन्त्रण गर्न सरकारसँग चिकित्सक संघको माग


गम्भीर औषधिको दुरुपयोग नियन्त्रण गर्न सरकारसँग चिकित्सक संघको माग

काठमाडौं/१२ असार
नेपाल चिकित्सक संघले पछिल्लो समय एन्टिवायोटिक्स लगायतका गम्भीर किसिमका औषधिको दुरुपयोग बढ्दै गएको भन्दै सरकारलाई बेलैमा नियन्त्रणका उपाय अपनाउन आग्रह गरेको छ ।

संघले आज (शनिबार) विज्ञप्ति जारी गरी एन्टिमाइक्रोविएल्स र एन्टिवायोटिक औषधिहरुको बढ्दो दुरुपयोग रोक्न नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिस विना औषधि प्रयोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको छ ।

चिकित्सक संघले आधुनिक चिकित्साको हवाला दिँदै भित्रिएका वैज्ञानिक रुपमा प्रमाणीकरण नभएका उपचार पद्धतिको अस्वाभाविक प्रचार प्रसार रोक्न पनि माग गरेको छ । त्यस्तै नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका व्यक्तिले चिकित्सक भनी भ्रामक प्रचारप्रसार गरेको र उपचार प्रक्रियामा पनि समावेश भएको भन्दै उनीहरुमाथि छानबिन गर्न र रोक लगाउन पनि संघले माग गरेको छ ।

यस्ता समस्याको बेलैमा समाधान नहुने हो भने समस्या बढ्दै जाने र यसले समग्र स्वास्थ्य सेवा प्रवाहलाई नै गम्भीर असर पार्ने संघका महासचिव डा. बद्री रिजाललाई उदृत गर्दै प्रशासनले समाचार लेखेको छ । 

Comments

KATHMANDU WEATHER