एजेन्सी/१२ असार
कोरोना सङ्क्रमणको दर नघटेपछि बंगलादेशमा आगामी सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरिएको छ । पछिल्लो केही दिनमा कोरोनाका सङ्क्रमितहरु बढ्दै गएपछि सो घोषणा गरिएको बङ्गलादेशको राजधानी ढाकाबाट प्रकाशित सञ्चार माध्यमहरुले जनाएको छ ।
बंगलादेशको सरकारले आगामी सोमबारदेखि एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको समाचारमा जनाइएको छ । लकडाउन आगामी सोमबारबाट सुरु हुने र त्यो एक हप्तासम्म हुने बताइएको छ ।
बंगलादेशको प्रेस इन्फरमेसन्स डिपार्टमेन्टका तर्फबाट त्यहाँका स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै सो समाचार सार्वजनिक गरिएको हो । यातायात मन्त्री समेत रहेका आगामी लिगका महासचिव अव्दुल कादिरले पनि सरकारले आगामी सोमबारबाट एक साताका लागि देशव्यापी लकडाउन गर्ने निर्णय गरेको जानकारी दिनु भएको थियो ।
उहाँका अनुसार लकडाउनका बेला सबै सरकारी कार्यालय तथा अदालतहरु बन्द रहनेछन् । तर औद्योगिक क्षेत्रहरु भने आलोपालो गरी चल्नेछन् । लकडाउनमा सबै सार्वजनिक तथा निजी कार्यालयहरु तथा अदालतहरु बन्द रहनेछन् । तर उद्योग तथा मिलहरु आलोपालो सञ्चालन हुने अधिकारीहरुले जनाएका छन् ।
बंगलादेशमा पछिल्लो चौविस घण्टामा ५ हजार ८३० जनामा कोरोना संक्रमण देखिएको थियो । यही अवधीमा १०८ जनाको संक्रमणबाट मृत्यु भएको उल्लेख गरिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय संक्रमण तथा मृत्युको दर पनि बढ्दै गएको जनाएको छ ।
अहिलेसम्म बंगलादेशमा ८ लाख ७८ हजार ५९४ जनामा संक्रमण देखिएको छ । त्यसैगरी त्यहाँ अहिलेसम्म ज्यान जाने व्यक्तिको संख्या करिब १४ हजार जना पुगेको बताइएको छ ।
-
2 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments