थाहानगर/१२ असार
मकवानपुर जिल्लको मनहरी गाउँपालिका वडा नंबर ९ खरङ्गामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीकोे मनरा गाउँपालिका वडा नंबर २ का अन्जादी ३० वर्षीय अंशु कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
आज (शनिबार) दिउँसो मनहरीबाट हेटौंडातर्फ गैरहेको लु १५ प ३७४३ नंबरको मोटरसाईकल खरङ्गामा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनापछि चुरेहिल अस्पतालमा उपचारको क्रममा सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।
Featured News
-
2 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments