Byroad News

Loading...

थाहामा कोरोनाबाट २६ वर्षीय युवकको मृत्यु


थाहामा कोरोनाबाट २६ वर्षीय युवकको मृत्यु

थाहानगर/१२ असार
थाहानगरमा कोरोना संक्रमित २६ वर्षीय एक युवकको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु भएकामध्ये यो नै सबैभन्दा कान्छो उमेरका हुन् ।

थाहा नगरपालिका ११ घर हुने युवकको आज (शनिबार) विहान उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पालुङ ल्याउदै गर्दा मृत्यु भएको डा. शक्ति चौरासियाले बताउनु भयो । 

युवकको असार ४ गते टेकु अस्पतालमा पीसीर परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बस्दै आएका थिए । सोभन्दा अघि नै एन्टीजेन परिक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भैसकेको पारिवारिक स्रोतले बताएको छ ।

मृतकको आफ्नै संस्कार अनुसार काजकिरिया गर्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परिवारको जिम्मा लगाइएको छ । 

थाहानगरना कोरोना संक्रमण भएर मृत्यु भएकामध्ये पारिवारिक जिम्मामा दाहसंस्कार गर्न दिइएको यो पहिलो केश हो । 

Comments

KATHMANDU WEATHER