थाहानगर/११ असार
थाहानगरमा शुक्रबार एकैदिन ७५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । २४ जनाको एन्टीजेन परिक्षण गरिएकोमा १८ जनामा संक्रमण पुष्टि भएको थाहा नगरपालिका सुचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिनुभयो ।
भुजेलका अनुसार शुक्रबार थाहा १ मा ४ जना, २ मा १ जना, ३ मा २ जना, ४ मा १ जना, ६ मा ९ जना र १० नम्बर वडामा १ जनामा संक्रमण पुष्टि भएको हो । यो सङ्गै थाहामा सक्रिय संक्रमितको संख्या ४५९ पुगेको छ । यसैगरी शुक्रबार प्राप्त पीसीर रिपोर्ट अनुसार निको हुनेको संख्यामा १२ जना थपिएका छन् । यो समेत निको हुनेको संख्या ३४४ जना पुगेको छ ।
Featured News
-
2 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments