# Recent News
थाहानगर/९ असार
देशभर कोरोना संक्रमण दर घटिरहेको समाचार आइरहदा थाहानगरमा भने अझै घट्ने कुनै छाँटकाँट देखिदैन ।
बुधबार पनि परिक्षण गरिएकामध्ये ५१ प्रतिशतमा संक्रमण पुष्टि भएको छ अर्थात् १४ जनामा गरिएको परिक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो । यसरी संक्रमित संख्या थोरै देखिनुमा परिक्षणको दायरा पनि साँघुरो बन्दै गएको छ । अहिले न त लक्षण भएकाहरु नै परिक्षण गराउने रहर गर्छन् न त सरकारी निकाय नै । अहिले जाँचको लागि जाँच भइरहेको छ ।
बजारमा पनि बाक्लै भीड बढेको छ, यहि हिसावले संक्रमण दर रहिरहने होभने वर्षैभरी संक्रमण मुक्त हुन सक्दैन । बुधबारसम्म सक्रिय संक्रमितको संख्या ४७५ पुगेको छ । निको हुनेको संख्या दर भन्दा संक्रमित थपिनेको दर बढी देखिएको छ ।
हेर्नुस् वडागत विस्तृत विवरण

Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments