दक्षिणकाली/९ असार
काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बा रहेको प्रहरीले जनाएको छ ।
उहाँको घर काभ्रे भएको प्रहरीले सूचना प्राप्त गरेको एक अधिकारीले जानकारी दिनुभयो । उहाँ कालोपुलमा एक धर्म बुबासँग बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उहाँको शव मंगलबार भेटिएको थियो । अनुहार चिन्न नसक्ने गरी लागेका चोटका कारण शव पहिचानमा समस्या भएको थियो । अर्धनग्न अवस्थामा फेला परेको शवको मुख चिन्न नसकिने गरी किचिएको थियोभने घाँटी कसिएको पाइएको थियो । घटनास्थलमा रुखको हाँगामा महिलाको मास्क, चप्पल भेटिएको थियो । प्रहरीले उहाँको हत्या भएको निष्कर्ष निकालेको छ ।
महानगरीय अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढाएको छ ।
‘टाउकोमा गह्रौ वस्तुले हिर्काएको देखिएको छ,’ उहाँले भन्नुभयो, ‘अनुहार क्षत विक्षत भएको छ ।’ उपत्यका अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार घटना लगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको थियो ।
प्रहरीले तालिम प्राप्त विशेषज्ञ कुकुर पनि घटनास्थलमा ल्याएको थियो ।
-
41 minutes agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments