Byroad News

Loading...

कोरोना महामारीबीच २६८ गर्भवतीले ज्यान गुमाए


कोरोना महामारीबीच २६८ गर्भवतीले ज्यान गुमाए

काठमाडौं/८ असार
२०७६ सालको चैतदेखि २०७८ सालको जेठसम्म विभिन्न कारणले २६८ जना गर्भवतीले ज्यान गुमाएका छन् ।

०७७ सालको चैतदेखि ०७८ को जेठसम्म मात्रै ४५ जना गर्भवतीले ज्यान गुमाएको परिवार कल्याण महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट ३३ जना गर्भवतीको ज्यान गएको छ । महाशाखामा आएको तथ्यांकहरुमध्ये अस्पतालमा भर्ना भएपछि ज्यान गुमाउने संख्या रहेको मातृ तथा शिशु स्वास्थ्य शाखा प्रमुख डा. पुन्य गौतमले जानकारी दिनुभयो । उहाले भन्नुभयो ‘ढिलो गरी अस्पताल भर्ना हुँदा बचाउन नसकिएको देखिएको छ ।’

महाशाखाले जनाए अनुसार अत्याधिक रक्तश्राव, बच्चा जन्माउन नसकेको कारण भन्दा ‘नन अब्सटेट्रिक कन्डिसन’ अन्य स्वास्थ्य समस्याको कारण ज्यान गुमाउने गर्भवतीहरुको संख्या बढी छ ।

Comments

KATHMANDU WEATHER