Byroad News

Loading...

पाइपभित्र अड्किएर दुई जनाको मृत्यु


पाइपभित्र अड्किएर दुई जनाको मृत्यु

दार्चुला/८ असार
महाकाली लोकमार्ग, दार्चुला तिङ्कर सडकअन्तर्गत निर्माणाधिन लास्कुखोलाको मोटरेवल पुलभित्र राखिएको उक्त पाइपमा अड्किएर दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

मङ्गलबार दिउँसो गर्मीको समयमा नदीमा पौडी खेल्ने क्रममा उनीहरु बगेर ह्युम पाइपभित्र अड्किएको प्रहरीले जनाएको छ । निरन्तर वर्षाका कारण निर्माणाधीन पुलभित्र सो पाइप राखेर नदी खुलाइएको थियो । पुललाई क्षति नगरोस् भनेर सो पाइप राख्न लगाइएको भए पनि पौडी खेल्ने बेला दुवै बालक अड्किएका हुन् ।

Comments

KATHMANDU WEATHER