Byroad News

Loading...

भ्याली हार्टले सुरु गर्यो स्कुल समयभरि नै अनलाइन कक्षा


भ्याली हार्टले सुरु गर्यो स्कुल समयभरि नै अनलाइन कक्षा

थाहानगर/८ असार
थाहानगरका निजी विद्यालयहरुले यस पटकको निषेधाज्ञामा अलमल नगरी धमाधम अनलाइन कक्षा सुरु गरेका छन् । 

कोरोना संक्रमण दर र अवस्थालाई विश्लेषण गरेर निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन- नेपाल (प्याव्सन) थाहा नगर कमिटी आवद्ध विद्यालयहरुले सरकारको निर्देशन बमोजिम असार ६ गतेबाट अनलाइन कक्षा संचालन गर्न सहमती गरेको थियो । सोही बमोजिम धेरैजसो विद्यालयहरुले अनलाइन विधि रोजेर पठनपाठन सुरु गरिसकेका छं।

यसैबीच, थाहानगरको पालुङ भ्याली हार्ट एकेडेमीले आजदेखि अनलाइन कक्षालाई थप प्रभावकारी बनाउन स्कुल समयमै अनलाइन कक्षा सुरु गर्ने भएको छ । यस अघि विहान सवा २ घण्टा अनलाइन कक्षा चलाएको भ्याली हार्टले आज (मङ्गलबार)देखि कक्षा नर्सरीदेखि कक्षा १० सम्मकै कक्षाहरु दिउँसो संचालन गरिन लागेको विद्यालयले जनाएको छ । 

विद्यालयका अनुसार बजारमा बिद्यालयले निर्धारण गरे बमोजिमका प्राय: सबै पुस्तकहरु समेत उपलब्ध भइसकेको हुँदा भर्ना पनि गर्दै कक्षा पनि चलाउदै आएको भ्याली हार्टले आजदेखि विहान साढे १० बजेदेखि साढे ३ बजेसम्म ६ पिरियड पठनपाठन गरिन लागेको हो । 'प्रत्येक पिरियड पछि ५ मिनेटको ब्रेक छ, बीचमा प्राविधिक सहजता र खाजा खानकै लागि पनि ४० मिनेटको ब्रेक राखेका छौँ । यस अघिका अनुभव हेर्दा कक्षा प्रभावकारी नै हुनेछ ।' भ्याली हार्टका विद्यालय संयोजक सरु पौडेलले भन्नुभयो, 'हामीले बैशाखदेखि नै सबै कक्षाहरु अनलाइन विधिमा संचालन गरेका थियौं, प्रभावकारी नै देखिएको छ, प्राय: अभिभावकहरु पनि सन्तुष्ट हुनु भएको पाएका छौँ ।' 

थाहानगरका अन्य केही संस्थागत विद्यालयहरुले पनि माद्यमिक तहमा विहानको समयमा अनलाइन सुरु गरिसकेका छन् भने कतिपय विद्यालयहरुले कक्षा संचालनको तयारी गरिरहेका छन् । 

सामुदायिक विद्यालयहरुले पनि अहिले भर्ना अभियानलाई प्राथमिकता दिइरहेको छभने अनलाइन कक्षाको सम्भाव्यता हेरिरहेको झम्केश्वरी माविका सहायक प्रधानाध्यापक भुमिराज अवस्थीले बताउनु भयो । 

गत वर्ष थाहानगरका सबै विद्यालयहरुले भद्र सहमतिमा असोजदेखि मात्र भौतिक कक्षा सुरु गरेका थिए ।  

Comments

KATHMANDU WEATHER