जनकपुरधाम/७ असार
सप्तरीमा आँपको प्रलोभन दिई बालिकाको करणी गरी हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जनकपुरको डाक्नेश्वरी नगरपालिका–३ हटैलका १९ वर्षीय रोहितकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
यादवलाई आइतबार नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा भारतीय सीमा नजिकबाट पक्राउ गरिएको प्रवक्ता काफ्लेले बताउनु भयो ।
गत शुक्रबार बिहान करिब साढे ९ बजे सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटैल गाउँको शिवनाथ यादवको आँप बगैँचामा ९ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला परेको थियो।
अनुसन्धानका क्रममा बालिकालाई आँपको प्रलोभन दिई जबर्जस्ती करणी गरी हत्या गरेको खुलेको प्रवक्ता काफ्लेले बताउनु भयो । शुक्रबार बिहान करिब साढे ७ बजे आफ्नो बहिनीसँगै ती बालिका घरदेखि केही पर बाख्रा चराउन गएकी थिइन्।
-
43 minutes agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments