Byroad News

Loading...

नेपालमा भेटियो कोरोना भाइरसको नयाँ म्युटेसन


नेपालमा भेटियो कोरोना भाइरसको नयाँ म्युटेसन

काठमाडौं/७ असार
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट म्युटेसन भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ म्युटेसन भेटिएको जानकारी दिएका छन् ।

उहाँका अनुसार ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन छ्न । नयाँ म्युटेसनलाई एवाई.१ नाम पनि दिइएको छ । हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरूमा पुष्टि भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागहरूबाट सङ्कलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी ४८ नमुना विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा परीक्षण गर्दा ७४ नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको थियो । जसमध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको हो ।

योसँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ को रूपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रूपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । यी भेरियन्टहरु बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनहरूबाट पाइएको छ।

Comments

KATHMANDU WEATHER