थाहानगरमा ४ संक्रमित निको
११ थपिए
सुरेन्द्रमान प्रधान/थाहानगर/१५ जेठ
थाहानगरमा शनिबार ४ कोरोना संक्रमितसहित हालसम्म निको हुनेको संख्या ४८ जना पुगेको छ ।
संक्रमित भै होम आइसोलेसनमा रहेका ३ जना र बज्रबाराही आइसोलेसनमा बसेका १ सहित ४ जना निको भएका हुन् । यसअघि ४४ जना निको भैसकेका छन् ।
यसैगरी ५८ जनाको स्वाव परिक्षण परिक्षणमा पठाइएकामध्ये पुराना ३ सहित १४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । नयाँ ११ जनामध्ये ८ पुरुष र ३ महिला छन् । वडा नम्बर ३ का २, ७ का ३ र ९ का ६ जना हुन् । यो सहित थाहानगरमा शनिबारसम्म ५ सय ५ जनामा संक्रमण पुष्टि भैसकेको छ ।
यसैबीच, कोरोना संक्रमित भै होम आइसोलेसनमा रहेका थाहा ६ का एक वृद्ध पुरुषको शनिबार मृत्युु भएको छ । निकै अवस्थ भएपछि थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा ल्याइएकोमा उनको मृत्यु भएको हो । मृतकको शव श्री नम्बर ७ बाहिणी अड्डा चनवन व्यारेकबाट आएका नेपाली सेनाले व्यवस्थापन गरि परिवारलाई जिम्मा लगाइएको थियो । यो सहित दोस्रो भेरियन्ट पछि ६ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ । १८ जनाको थाहानगर बाहिर उपचार भैरहेको छभने ८ जना बज्रबाराही आइसोलेसनमा छन् । अन्य सबै होम आइसोलेसनमा छन् ।

Comments