टोलटोलमा गई संक्रमणको लक्षण देखिएकाहरुको एन्टिजेन परिक्षणमा बिहीबार ३८ जना संक्रमित फेला परेका छन् । यो समेत गरि बिहीबारसम्म ४ सय ८८ जनामा संक्रमण पुष्टि भैसकेको छ ।
बिहीबार थाहा ७ को चिसापानी र राम्चेमा ३९ जनाको एन्टिजेन परिक्षण गरिएकोमा १८ जनामा संक्रमण देखिएको डा. रिकेश कार्कीले बताए । यसैगरी, थाहा ८ मा २२ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ८ जनामा पोजेटिभ रिपोर्ट आएको डा. शक्ति चौरासियाले बताए । ८ नम्बरमा पिसिआर परिक्षणका लागि १६ जनाको स्वाव संकलन गरिएको छ ।
यसैगरी, बिहीबार नै प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा १० जनाको परिक्षणमा ६ जना र स्वास्थ्य केन्द्र बज्रबाराहीमा ७ जनाको परिक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैबीच, बिहीबार थाहा नगरपालिका स्वास्थ्य शाखाले एक अपिल जारी गरेको छ । अपिलमा स्वास फेर्न गाह्रो भएमा, विहान, दिउँसो, बेलुकी मान्छे नचिन्ने भएमा, बेहोस भएमा, छाती भारी भएमा, लगातार ४-५ दिनसम्म ज्वरो आएमा र २४ घण्टासम्म पिसाव नभएमा तत्काल स्वास्थ्य केन्द्र ल्याउन तथा ९७४२५१५१००, ९७४२५१५१०१, ९७४२५१५१०२ र ९७४२५१५१०३ मा तुरुन्त सम्पर्क गर्न भनिएको छ ।
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments