काठमाडौं, बैशाख २१ गते आइतबार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार बसेको सचिवालय बैठकमा नेताहरुले गुटगत भेला नगर्ने सहमति गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी सञ्चालनमा आफूबाट भएका कमीकमजोरीको लागि आत्मआलोचना गरेका छन् ।
उपाध्यक्ष वामदेव गौतमले अब उपरान्त कुनै पनि गुटको भेला नगर्ने प्रस्ताव गरेपछि सबै नेताहरुले सहमति जनाएको बताइएको छ।
नेकपामा विवाद हुँदा नेताहरुले छुट्टाछुट्टै गुटको भेेलामा सक्रिय हुने गरेका छन् । शनिबारको सचिवालय बैठकमा गौतमले अबदेखि गुटका भेला भन्दा पनि पार्टीलाई एकताबद्ध गरेर लैजानुपर्ने आवश्यकता रहेको धारणा राखेपछि सबै नेताहरु सहमत भएको स्रोतले बतायो ।
सचिवालय बैठकले गरेका निर्णयहरु:
– स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न बैशाख २४ गते सचिवालयको बैठक बस्ने ।
–बैशाख २५ गते बस्ने स्थायी समितिको बैठक बस्ने।
–वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने ।
–गल्ती कमजोरीप्रती दुबै अध्यक्ष लगायत सचिवालय सदस्यबाट आत्मआलोचना सहित सरकार, पार्टीलाई सफल, सुदृढ बनाउने संकल्प ।
–पार्टी एकता बिरोधी गतिविधिमा संलग्न नहुन आम नेता, कार्यकर्ता पंक्तिलाई निर्देशन ।

Comments