काठमाडौं/२८ असार
काठमाडौंमा शनिबार सम्पन्न थाहा नगरपालिकाका युवाहरूको भेलाले 'थाहा युवा समाज' गठन भएको छ ।
चन्द्रागिरि पार्टी प्यालेसमा आयोजित भेलाले अर्जुन बस्नेतको अध्यक्षतामा १३ सदस्यीय समाज गठन गरेको हो ।
समाजको उपाध्यक्षमा रचना बस्नेत र युवराज जिम्बा, सचिवमा सिम्रन खड्का, सहसचिवमा राजिव विक्रम खड्का, कोषाध्यक्षमा विकाश गुरुङ र राजु महर्जन चयन भएका छन्।
भेलामा थाहामा पछिल्लो समय देखिएका विकृति, विसंगति, सामाजिक बेथिति र विकास अभावका विषयमा छलफल गरिएको छ।
सहभागीहरूले ‘थाहा युवा समाज'लाई संस्थागत रूपमा अगाडि बढाउँदै दीर्घकालीन सामाजिक प्रभाव पार्ने कार्ययोजनाको खाका प्रस्तुत गरेका थिए।
थाहामा भइरहेका राम्रा र नराम्रा गतिविधिहरूको खबरदारी, जनचेतना, सकारात्मक र सामाजिक उत्तरदायित्त्व बहन गर्नका लागि यो समूह गठन गरिएको जनाएको छ।
Featured News
-
16 hours agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने
-
16 hours agoविज्ञान प्रदर्शनीमा हिमालयन प्रथम
-
1 day agoपालुङ प्रहरी निरीक्षक बज्राचार्यको सरुवा

Comments