Byroad News

Loading...

अने किसान महासंघ थाहा संयोजकमा बिनोद


अने किसान महासंघ थाहा संयोजकमा बिनोद

थाहानगर/२२ फागुन

नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ थाहा नगर अधिवेशन आयोजक कमिटी गठन भएको छ ।

नेकपा एमाले थाहा नगर कमिटी सचिवालय सदस्य एवम् अनेकि महासंघ ईञ्चार्ज लक्ष्मण बर्तौलाको सभाध्यक्षतामा भएको भेलाले बिनोद कार्कीको संयोजकत्वमा १७ सदस्यीय आयोजक कमिटी गठन भएको हो ।

आयोजक कमिटीको सहसंयोजकमा दुतराज थिङ चयन हुनु भएको छ । कमिटीको सदस्यहरुमा भरतमान श्रेष्ठ, ज्ञाबहादुर थोकर, रामेश्वरी गोपाली, तस्वीर रायमाझी, इन्द्रध्वज अधिकारी, अप्सरा थापा केसी, निरमाया वाइबा, कृष्णभक्त महर्जन, मेघराज घलान, चन्द्र बहादुर बलामी, सुशिल गोपाली, इन्द्रबहादुर मुक्तान, बिनोद सिङ बल र राजेन्द्रकुमार लामा चयन हुनु भएको छ ।

भेलाले आगामी चैत्र २२ गते नगर अधिवेशन आयोजना गर्ने र प्रत्येक वडा अधिवेशनबाट कम्तिमा १ महिला सहित ५/५ जना प्रतिनिधि छनौट गर्ने निर्णय गरेको छ ।

भेला एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधानको प्रमुख आतिथ्यतामा भएको हो । भेलामा नगर सचिव सुजन रायमाझी, नगर सदस्यहरु हेमबहादुर घलान, श्याम बलामीलगायतको आतिथ्यता थियो ।

Comments

KATHMANDU WEATHER