थाहानगर/१४ फागुन
नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको आयोजनामा १४ फागुनदेखि थाहा नगरमा नगरस्तरीय शिक्षक रनिङशील्ड भलिवल प्रतियोगिता सुरु भएको छ ।
थाहा नगरपालिका १ कुन्छालस्थित सुनौला माविको पुरानो खेलमैदानमा सुरु भएको खेलमा नगरका १२ वटा विद्यालयहरुले सहभागिता जनाएको छ ।
खेल सुरुपूर्व औपचारिक रुपले प्रतियोगिताको उद्घाटन गरिएको छ । नगर समिति अध्यक्ष मनोज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय महासचिव हंस बहादुर शाहीले शिक्षक मैत्री शिक्षा ऎनको माग गरेर आन्दोलनमा रहेको संगठनले ऎन जारी गराएपछि मात्र विश्राम लिने बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि संगठनका जिल्ला अध्यक्ष मुकुन्द न्यापाने, नेकपा एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य सानोभाइ कार्की, महासंघका नगर अध्यक्ष राजाराम कार्कीलगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
प्रतियोगितामा प्रथम विद्यालयलाई २५ हजार, द्वितीय विद्यालयलाई १५ हजार र सान्त्वना दुई विद्यालयलाई ५/५ हजार रुपियाँ, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको छ ।
प्रतियोगिताका लागि थाहा नगरपालिका, हेटौंडा सिटी कलेज एवं विभिन्न संघसंस्था र वित्तीय संस्थाहरुले आर्थिक सहयोग पुर्याएको छ । पहिलो चरणको खेल औपचारिक उद्घाटनपूर्व विहान ८ बजेदेखि सुरु भएको थियो ।
-
16 hours agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने
-
16 hours agoविज्ञान प्रदर्शनीमा हिमालयन प्रथम
-
1 day agoपालुङ प्रहरी निरीक्षक बज्राचार्यको सरुवा

Comments