# Recent News
थाहानगर/९ पौष
शिक्षा युवा तथा खेलकुद शाखा थाहा नगरपालिकाको आयोजनामा भएको मावि नगर स्तरीय शैक्षिक प्रदर्शनीमा पालुङ भ्याली हार्ट एकेडेमी प्रथम भएको छ ।
पौष ९ गते जनकल्याण माविमा भएको प्रदर्शनीमा झम्केश्वरी मावि दृतीय र मत्स्य नारायण माविले तृतीय स्थान हासिल गरेका छन् । प्रथम भएको भ्याली हार्ट पौष १९ गते हेटौंडामा हुने जिल्ला स्तरीय प्रदर्शनीमा सहभागी हुनेछ ।
विजयी विद्यालय र विद्यार्थीहरुलाई प्रमुख अतिथि थाहा नगर प्रमुख विष्णु बिष्टले प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नु भयो ।
कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजिव स्याङ्तानले मन्तव्य व्यक्त गर्नुभयो ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments