थाहानगर/१२ मंसिर
पालुङ जेसीजको जेसीज सप्ताह अन्तर्गत चौथो दिन मंसिर १२ गते आयोजित माविस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा थाहा १० स्थित नाटेश्वर मावि कक्षा १२ की छात्रा आकृती केसी प्रथम हुनु भएको छ ।
समय, समुह र पूर्णता शीर्षकमा भएको प्रतिगोगितामा थाहा ३ स्कुल चोक स्थित पालुङ भ्याली हार्ट एकेडेमी कक्षा ८ की छात्रा सुमिना थापा द्वितीय र थाहा ६ स्थित सरस्वती विद्या मन्दिर इङलिस स्कुल कक्षा १० की छात्रा राशी श्रेष्ठ तृतीय हुनु भएको छ ।
पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षता एवं थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्लको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा १० विद्यालयका १९ जना छात्रछात्राको सहभागिता थियो ।
प्रतियोगितामा प्रमुख अतिथि मल्ल, मुल कार्यक्रम संयोजक मान सिंह दोङ, प्याव्सन थाहा नगरका अध्यक्ष सुरेन्द्रमान प्रधान, निर्णायक कुमार नेगीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
सप्ताहअन्तर्गत मंसिर १३ गते ऋषेश्वर प्रावि दामनका विद्यार्थीहरुलाई भरत-रत्न छात्रवृत्ति अन्तर्गत शैक्षिक सामग्री विरतणको कार्यक्रम छ ।
-
16 hours agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने
-
16 hours agoविज्ञान प्रदर्शनीमा हिमालयन प्रथम
-
1 day agoपालुङ प्रहरी निरीक्षक बज्राचार्यको सरुवा

Comments