थाहानगर/१० मंसिर
निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन) थाहा नगर समितिको तेस्रो अधिवेशनले सुरेन्द्रमान प्रधानलाई पुन: अध्यक्ष पदमा सर्वसम्मत गरेको छ ।
सोमबार होटल फेमिलीमा भएको अधिवेशनले प्रधानको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सजिनभक्त श्रेष्ठ, सचिव संगम कार्की र कोषाध्यक्षमा श्यामकृष्ण जोशी चयन हुनु भएको छ । समितिको सदस्यहरुमा मनोज रायमाझी, सुदर्शन कार्की र सुशील ओस्ती चयन हुनु भएको छ । समितिको सल्लाहकारद्वयमा रामकृष्ण बस्नेत र रामशरण थापा चयन हुनु भएको छ । समितिको कार्य अवधी ३ वर्षको रहनेछ ।
अधिवेशनमा प्रमुख अतिथि प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीले थाहा नगरमा प्याव्सनले सकारात्मक पारेको प्रभावको बताउनु हुँदै अबको कार्यकाल शिक्षक र संस्थापकहरुको क्षमता अभिवृद्धिमा ध्यान दिन सुझाव दिनु भयो ।
कार्यक्रममा प्याव्सन मकवानपुरका वरिष्ठ उपाध्यक्ष राजकुमार नहर्की, प्याव्सन थाहा नगरका पदाधिकारीहरुलगायतले बोल्नु भएको थियो ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments