Byroad News

Loading...

माओवादी छोडेर एमालेमा प्रवेश


माओवादी छोडेर एमालेमा प्रवेश

थाहानगर/२४ भदौ

थाहा नगरपालिका वडा नम्बर ७ देउखेलका दुई व्यक्ती नेकपा माओवादी केन्द्र त्याग गरि दुइ जना नेकपा एमाले प्रवेश गर्नु भएको छ ।

भदौ २४ गते देउखेलमा भएको अखिल नेपाल महिला संघको वडा अधिवेशनको अवसरमा उहाँहरु एमाले प्रवेश गर्नु भएको हो ।

नेकपा एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले देउखेलका रामकृष्ण नेपाली र  दिपक कार्कीलाई टीका खादा लगाएर पार्टी प्रवेश गराउनु भएको हो । 

माओवादीमा धेरै आश्वासन पाएर पनि कुनै कुरा पूरा नभएको भन्दै अबको आशा र भरोसा भनेको एमाले नै रहेको विश्वास लिएर पार्टी प्रवेश गरेको बताउनुभयो ।

कार्यक्रममा एमाले मकवानपुर जिल्ला सदस्य बिमल कुमार ढकाल, नगर सचिवालय सदस्य यसोधा अधिकारी, नगर सदस्यहरु भरत कार्की, सानुकान्छा थिङ, अनेमसंघ नगर सचिव जानकी श्रेष्ठलगायतको उपस्थिति थियो । 

Comments

KATHMANDU WEATHER