Byroad News

Loading...

अनेमसंघ थाहा ७ मा गीताको नेतृत्व


अनेमसंघ थाहा ७ मा गीताको नेतृत्व

थाहानगर/२४ भदौ

नेकपा एमाले निकट अखिल नेपाल महिला संघ थाहा नगरपालिका ७ वडा कमिटीको अध्यक्षमा गीता भण्डारी कार्की चुनिनु भएको छ ।

भदौ २४ गते देउखेलमा सम्पन्न वडा अधिवेशनले भण्डारी कार्कीको नेतृत्वमा २१ सदस्यीय कमिटी चयन गरेको हो ।

कमिटीको सचिवमा अञ्जना ढुङ्गाना चयन हुनु भएको छ । कमिटीको सदस्यहरुमा राधिका गर्तौला, बिष्णुमाया गर्तौला, खर्ककुमारी खत्री, सितारा शाही, जानुका मल्ल ठकुरी, लक्ष्मी कार्की, लिलाकुमारी कार्की, बिन्दा मोक्तान, सुमित्रा कार्की, सावित्री कार्की, साहिलीमाया वाइबा, देउती कार्की, सन्जिता विष्ट, सीता मल्ला ठकुरी, मेनुका मल्ल ठकुरी, अन्जना कार्की, देविया कार्की र चमेली खत्री चयन हुनु भएको छ ।

अधिवेशनको अवसरमा प्रमुख अतिथि नेकपा एमाले मकवानपुर जिल्ला सदस्य एवम् थाहा नगर ईञ्चार्न बिमल कुमार ढकाल, थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, अनेमसंघ थाहा नगर अधिवेशन आयोजक कमिटी संयोजक यसोधा अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

अधिवेशनमा पार्टी नगर कमिटी सदस्यहरु भरत कार्की, सानुकान्छा थिङ, अनेमसंघ नगर सचिव जानकी श्रेष्ठ, वडा कमिटी सदस्य ज्ञानबहादुर कार्कीलगायतको आतिथ्यता थियो । 

Comments

KATHMANDU WEATHER