थाहानगर/२१ वैशाख
नेकपा एमाले थाहा नगर कमिटी टोल अधिवेधनमा जुटेको छ ।
१५ वैशाखमा नगर कमिटीले गरेको निर्णय कार्यान्वयन गर्दै वडा कमिटीहरुले टोल अधिवेशनको मिति तय गरेको छ ।
२१ वैशाखमा बसेको २ नम्बर वडा कमिटीको बैठकले साबिक पालुङ गाविस वडा नम्बर ४ र ५ को अधिवेशन वैशाख ३० गते, साविक ३ र ६ को २९ गते, साविक ८ र ९ को २९ गते र साविक ७ को २८ गते अधिवेधन गर्ने निर्णय गरेको वडा कमिटी अध्यक्ष विष्णुहरि थापाले जानकारी दिनुभयो ।
नगर कमिटी अध्यक्ष सुरेन्द्रमान प्रधानको प्रमुख आतिथ्यतामा भएको वडा कमिटी बैठकले समसामयिक विषयहरुमा छलफल गरेको छ ।
यसैगरी, २१ वैशाख मै बसेको ३ नम्बर वडा कमिटीको बैठकले पनि टोल कमिटी अधिवेशनको मितिहरु तय गरेको छ ।
वडा कमिटी अध्यक्ष नवराज बर्तौलाको अध्यक्षतामा बसेको बैठकले शिखरकाेट-गाेपाली गाउँ टाेल कमिटी वैशाख २३ गते, डाँडागाउँको वैशाख २४ गते, वाहुन गाउँ बैशाख २३ गते, स्यालेखाेरिया वैशाख २४ गते र लामचाैर-दम्की वैशाख २५ गते गर्ने निर्णय गरेको छ । अन्य वडाहरुले आफ्नो नियमित बैठकहरुमा वडा अधिवेशनको मिति तय गरेर कार्यान्वयन गरिने नगर सचिव सुजन कुमार रायमाझीले जानकारी दिनुभयो । नगर कमिटीको सर्कुलर अनुसार सबै वडाहरुले नयाँ सदस्यता वितरणको काम समेत गरिरहेको छ ।
-
19 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments