Byroad News

Loading...

अनेमसंघले गर्‍यो शुभकामना आदानप्रदान


अनेमसंघले गर्‍यो शुभकामना आदानप्रदान

थाहानगर/२९ चैत्र

नेकपा एमाले निकट अखिल नेपाल महिला संघ थाहा नगर कमिटीले नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

२९ चैत्रमा अनेमसंघले जडिबुटी उद्यान टिस्टुङमा शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम आयोजना गरेको हो । संघका नगर अध्यक्ष सुमित्रा केसीको अध्यक्षता तथा नेकपा एमाले थाहा नगर कमिटीका अध्यक्ष सुरेन्द्रमान प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा एमाले नगर अध्यक्ष प्रधान, उपाध्यक्ष हेम कुमार थिङ, सचिव सुजन कुमार रायमाझी, जिल्ला पर्यटन विभाग सदस्य नवराज कार्की, नगर सदस्य तथा अनेमसंघ जिल्ला सदस्य शान्ता रिमाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

Comments

KATHMANDU WEATHER