Byroad News

Loading...

पालुङ जेसीजले गर्‍यो होली मिलनसङ्गै बधाई कार्यक्रम


पालुङ जेसीजले गर्‍यो होली मिलनसङ्गै बधाई कार्यक्रम

थाहानगर/११ चैत्र

पालुङ जेसीजले होली मिलन कार्यक्रमका साथमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

११ चैत्रमा जेसीज हलमा जेसीजले होली पर्वको अवसरमा सामुहिक होली खेल्दै शुभकामना आदानप्रदान गरेको छ । जेसीज २०२४ का अध्यक्ष निरज रायमाझीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधान, कार्यकारी उपाध्यक्ष मान सिं दोङ, उहाँकी छोरी सुस्मिता र आफ्ना सदस्य विक्रम श्रेष्ठलाई बधाई व्यक्त गरेको हो ।

कार्यक्रमको अवसरमा पूर्व अध्यक्ष प्रधान २८ फागुनमा सम्पन्न नेकपा एमालेको तेस्रो नगर अधिवेशनबाट अध्यक्ष पदमा र विक्रम श्रेष्ठ नगर सदस्य पदमा सर्वसम्मत निर्वाचित हुनु भएको अवसरमा प्रमुख अतिथि थाहा नगरपालिकाका उपप्रमुख एवम् पूर्व अध्यक्ष भरत गोपाली र जेसीज अध्यक्ष रायमाझीले संयुक्त रुपले बधाई ज्ञापन गरेको हो । 

कार्यक्रममा ३ र ४ फेब्रुअरीमा दक्षिण भारतको करिन नगरमा सम्पन्न मार्सल आर्टमा दोङले काता तर्फ स्वर्ण र ६५ किलो तौल समूहमा रजत पदक जित्नु भएको अवसरमा बधाई ज्ञापन गरिएको हो । कार्यक्रममा दोङकी ११ वर्षीया छोरी सुस्मिताले पनि ३६ किलो तौल समूहमा र काता तर्फ पनि स्वर्ण पदक जित्नु भएको अवसरमा बधाई ज्ञापन गरिएको महासचिव विक्रम गोपालीले जानकारी दिनुभयो ।

 कार्यक्रमको अवसरमा प्रमुख अतिथि गोपाली, पूर्व अध्यक्षहरु रामप्रसाद ढकाल, सहदेव ढकाल, सुरेद्रमान प्रधान, जयराम खत्री, पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.का व्यवस्थापक प्रकाश पौडेल, फेलोसीप संयोजक दिपा बल, कानुनी सल्लाहकार सुबिन्द्रमान प्रधान, अध्यक्ष निरज रायमाझीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

होली कार्यक्रम लायन्स क्लव अफ थाहा पिस, लियो क्लव अफ पिस थाहानगर र पालुङ जेसीजको संयुक्त आयोजनामा भएको थियो ।

Comments

KATHMANDU WEATHER