थाहानगर/३ चैत्र
थाहा नगरपालिका वडा नम्बर ११ मालागिरीका आगलागी पीडित सुरेन्द्र लामा थोकरलाई पेट्रोलियम ढुवानी व्यवसायीहरुले आर्थिक सहयोग गरेको छ ।
३ चैत्रमा पीडितलाई आगलागी घरमै पुगी नेपाल पेट्रोलियम चालक संघ, नेपाल यातायात मजदुर संगठन बागमती प्रदेश र थोकर ढुवानी सेवाबाट संकलित १ लाख २० हजार ८ सय १० रुपियाँ हस्तान्तरण गरिएको हो ।
सो संस्थाहरुबाट संकलित रकम हस्तान्तरण गर्दै प्रमुख अतिथि थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले सहयोगी सबैमा धन्यवाद दिदै अप्ठेरोमा परेका सबैलाई सहयोग गर्ने संस्कार सबैले सिक्नु पर्ने बताउनु भयो ।
थाहा ११ मालागिरीका सुरेन्द्र लामाको घर २४ फागुनमा विद्युतीय तार सर्ट भएको आगजनी भएको हो । आगजनीले लामाको घर र सम्पूर्ण सामान पूर्ण रुपले नष्ट भएको छ ।
Featured News
-
16 hours agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने
-
17 hours agoविज्ञान प्रदर्शनीमा हिमालयन प्रथम
-
1 day agoपालुङ प्रहरी निरीक्षक बज्राचार्यको सरुवा

Comments