थाहानगर/९ फागुन
नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर ३ को वडा कमिटी अध्यक्षमा नवराज बर्तौला सर्वसम्मती निर्वाचित हुनु भएको छ ।
कमिटीको उपाध्यक्षमा रामेश्वरी गोपाली, सचिवमा सुन्दर खत्री, उपसचिवद्वयमा बलराम बर्तौला र कमला विष्ट कार्की निर्विरोध हुनु भएको छ ।
सदस्यहरुमा अमर गोपाली, रामहरी विष्ट, सुनयामा गोपाली, शिवराम कार्की, मिना नेगी, तस्वीर रायमाझी, डिप्पल रायमाझी, नारायण रायमाझी, लक्ष्मी रेग्मी कार्की, बिमला बर्तौला, देवकी खत्री, सानुकाजी विष्ट, अमिर परियार, गोकर्ण विष्ट, दुर्गा विष्ट, रमेश परियार, पार्वती विष्ट, रुपचन परियार, पुष्पराज बर्तौला, अनिल रायमाझी, हरिकृष्ण कार्की र कर्णबहादुर खत्री क्षेत्री सर्वसम्मत हुनु भएको छ ।
यसैगरी, वडा अधिवेशनले ७ जना खुल्ला, ३ महिला र १ दलित प्रतिनिधि छ्नौट गरेको छ । प्रतिनिधिहरुमा कमल कुमार खत्री, बलराम थापा, लक्ष्मण बर्तौला, विष्णु विष्ट, प्रेम गोपाली, सुजन रायमाझी र राजाराम रायमाझी चुनिनु भएको छ । महिला प्रतिनिधिहरुमा विमला विष्ट, लक्ष्मी रेग्मी कार्की, गोमा कार्की चुनिनु भएको छ । दलित प्रतिनिधिमा केदार परियार चुनिनु भएको छ ।
वडा कमिटीका अध्यक्ष केदार विष्टको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला कमिटी सदस्य तथा वडा ईञ्चार्ज शिवराम थापाको प्रमुख आतिथ्यतामा भएको थियो । नवनिर्वाचित कमिटीलाई जिल्ला सदस्य तथा थाहा नगर सह-ईञ्चार्ज सुरेन्द्रमान प्रधानले पद तथा गोपिनियताको शपथ गराउनु भयो । कार्यक्रममा नगर अधिवेशन आयोजक कमिटी सदस्य सुजन कुमार रायमाझीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा पूर्व प्रदेश कमिटी सदस्य श्यामभक्त श्रेष्ठ, पूर्व जिल्ला कमिटी सदस्य बिमल ढकाल, नगर जनवर्गीय संगठन संयोजक बलराम थापा, नगर अधिवेशन आयोजक कमिटी सदस्यहरु विष्णु विष्ट, लक्ष्मण बर्तौला, गुप्त कार्की, रामचन्द्र खत्री, सुमन रायमाझी, राजाराम रायमाझी, रिटर्निङ फेडेरेशन केन्द्रीय लेखा आयोग सदस्य युवराज बर्तौलालगायतको आतिथ्यता थियो ।
-
20 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments