थाहानगर/८ फागुन
नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर १० वडा कमिटीको अध्यक्षमा दिनेश खत्री सर्वसम्मत हुनुभएको छ ।
मंगलबार टौखेलमा भएको वडा अधिवेशनले उपाध्यक्षमा रिता गोपाली, सचिवमा शर्मिला बस्नेत, उपसचिव द्वयमा सन्तोष मगर, रामकृष्ण बस्नेत सर्वसम्मत हुनु भएको छ ।
यसैगरी सदस्यहरुमा सीता मगर, देवराज गोपाली, मानकाजी गोपाली, अस्मिता गोपाली, मदन गमाल, मनोज गमाल, रुपचन बस्नेत, उमेश महत, सुजन मगर, भक्ती परियार, राजेश कार्की, लव खत्री, रुपचन गमाल, झम्कलाल गमाल, जनक गोपाली, कान्छी बलामी, सुकबहादुर गोपाली, सुशन गमाल, राजभाई गोपाली, रश्मी बलामी र विष्णु लामा निर्विरोध हुनु भएको छ ।
वडा कमिटी अध्यक्ष दिनेश खत्रीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि जिल्ला कमिटी सदस्य एवम् वडा इञ्चार्ज हरिबहादुर गोपालीले सबै संगठित सदस्यहरु सक्रिय भएर लागेमा एमालेले सधैं जित पक्का गर्ने कुरामा द्विविधा नरहेको बताउनु भयो ।
अधिवेशनले आगामी फागुन २८ गतेको नगर अधिवेशनकालागि खुल्लातर्फ ९ जना, महिला २ जना र दलित १ जना गरि १२ जना प्रतिनिधि छ्नौट गरेको छ ।
खुल्लातर्फका प्रतिनिधिहरुमा हरि मगर, उत्तम लामिछाने, दिनेश खत्री, बिनोद कुमार बस्नेत, झलक गमाल, नानकाजी गोपाली, रुपचन गमाल र राजेश कार्की रहनु भएको छ । यसैगरी महिला प्रतिनिधिमा शर्मिला बस्नेत र पार्वती गोपाली चुनिनु भएको छभने रमेश नेपाली दलित प्रतिनिधिमा चुनिनु भएको छ ।
अधिवेशनमा एमाले जिल्ला सदस्य एवम् नगर सह-ईञ्चार्ज सुरेन्द्रमान प्रधान, थाहा नपा १० का वडाध्यक्ष हिराबहादुर गमाल, पूर्व जिल्ला सदस्य विमल कुमार ढकाल, नगर अधिवेधन आयोजक कमिटी सदस्यहरु उत्तम लामिछाने, सुजन कुमार रायमाझी, गुप्त बहादुर कार्की, नानकाजी गोपाली, बिनोद कुमार बस्नेत, उत्तम गोपाली, रमेश नेपालीलगायतको उपस्थिति थियो ।
-
19 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments