थाहानगर/१३ माघ
पालुङ जेसीज बर्ष २०२४ का पदाधिकरीहरुलाई जिम्मेवारीवोध तालिम प्रदान गरिएको छ ।
सो तालिम यो वर्षको पहिलो कार्यक्रम हो । पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको तालिममा पालुङ जेसीज बर्ष २०१९ का अध्यक्ष कुमार नेगीले प्रशिक्षण दिनुभएको थियो ।
तालिममा पालुङ जेसीज बर्ष २०२४ का निर्वाचित तथा मनोनित पदाधिकारीहरुलाई आफ्नो काम, कर्तव्य र जिम्मेवारीका बारेमा प्रशिक्षक नेगीले प्रशिक्षण दिनु भएको हो ।
तालिममा बर्ष २०२४ का अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, कानुनी सल्लाहकारलगायतका पदाधिकारी र कार्यक्रम संयोजकहरुको सहभागिता रहेको महासचिव बिक्रम गोपालीले जानकारी दिनुभयो ।
पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष संगम कार्की, पूर्व अध्यक्षहरु सुरेन्द्रमान प्रधान, नवराज लामा, जयराम खत्रीको आतिथ्यता रहेको थियो ।
-
20 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments