थाहानगर/१९ भदौ
नेकपा एमालेको जनवर्गीय संगठन भूमि अधिकार तथा श्रमिक संगठन नेपाल थाहा नगर कमिटी गठन गरिएको छ ।
१९ भदौमा पालुङमा भएको भेलाले जितबहादुर थोकरको अध्यक्षतामा १९ सदस्यीय नगर कमिटी गठन भएको हो ।
रामकृष्ण कपालीको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि एमाले जिल्ला कमिटी सदस्य तथा थाहानगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधानले नगरभरिका भूमिहीन नागरिकको तथ्याङ्क संकलन गरि यथासिघ्र आवश्यक काम गर्नु संगठनको मूल ध्येय रहेको बताउनु भयो ।
थाहानगरमा अव्यवस्थित बसोबासका नागरिकहरुको संख्या पर्याप्त रहेको भएपनि सरकारले उनीहरुको हितमा काम गर्न चासो नदेखाएको हुँदा संगठनले दबाब सिर्जना गर्न प्रधानले आग्रह गर्नु भयो ।
कार्यक्रममा भूमि अधिकार तथा श्रमिक संगठन नेपालका केन्द्रीय सदस्य बलराम बल, जिल्ला अध्यक्ष यज्ञ बहादुर श्रेष्ठ, पार्टी नगर सचिव रामकृष्ण बस्नेतलगायतले वर्तमान अवस्थामा संगठनको आवश्यकताका बारेमा बोल्नु भयो ।
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments