थाहानगर/१८ साउन
थाहा नगरपालिकाले अबदेखि निजी तथा सार्वजनिक घर भवनहरु नक्सा पास गरेर मात्र बनाउन सूचना जारी गरेको छ ।
साउन १८ गते प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीद्वारा जारी सूचनामा भनिएको छ, "स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ बमोजिम यस नगरक्षेत्रभित्र कसैले पनि नगरपालिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्न नपाउने कानुनी व्यवस्था भएको हुँदा यो सुचना प्रकाशित भएको मितिदेखि यस थाहा नगरपालिकाभित्र कुनैपनि निजी व्यापारिक तथा सार्वजनिक भवनहरुको निर्माण सुरु गर्दा अनिवार्य रुपमा नगरपालिकाबाट नक्सा पास गराएर मात्र निर्माण कार्य गर्नु गराउनुहुन सम्बन्धित सबैको लागि यो सुचना प्रकाशित गरिएको छ।"
सूचनामा "यदि कसैले यो सुचना विपरीत नक्सा पास नगरी निर्माण कार्य गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।" उल्लेख छ ।
सूचना 
-
16 hours agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने
-
17 hours agoविज्ञान प्रदर्शनीमा हिमालयन प्रथम
-
1 day agoपालुङ प्रहरी निरीक्षक बज्राचार्यको सरुवा

Comments