हेटौंडा/३० वैशाख
मकवानपुरमा मिटरब्याजविरुद्ध ३९ वटा उजुरी दर्ता भएको छ । सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग, २०७१ गठन गर्नुपूर्व नै मिटरब्याजीविरुद्ध २८ वटा र आयोग गठनपछि बिहीबारसम्ममा छ वटा गरी ३९ वटा उजुरी दर्ता भएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले बिहीबार हेटौंडामा अन्तरक्रिया गरेपछि त्यसैको प्रभावमा शुक्रबार एकैदिन पाँच वटा उजुरी परेको उहाँले बताउनुभयो ।
आयोग गठनपूर्व परेका उजुरीमध्ये तीन वटामा दुवै पक्षबीच जिल्ला प्रशासन कार्यालयको उपस्थितिमा सहमति भएको छ । पाँच वटा अदालतमा, १८ वटा प्रहरी कार्यालयमा र दुई वटा उजुरी जिल्ला प्रशासन कार्यालयमै रहेको छ ।
साथै आयोगले मिटरब्याज पीडितलाई निवेदन दिन सात दिन म्याद थप गरेको छ । आगामी जेठ १ देखि एक साताका लागि निवेदन दिने म्याद थप गरेको आयोगले जनाएको छ ।
-
19 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments