Byroad News

Loading...

पालुङ प्रहरीद्वारा १०८ किलो गाँजा जलाएर नष्ट


पालुङ प्रहरीद्वारा १०८ किलो गाँजा जलाएर नष्ट

थाहानगर/२३ चैत्र
इलाका प्रहरी कार्यालय पालुङले १५ दिन अघि बरामद गरेको १०८ किलो गाँजा बिहीबार जलाएर नष्ट गरेको छ ।

प्रहरीले जनप्रतिनिधि र सञ्चारकर्मीहरुको रोहवरमा इन्द्रायणी चौरको खोला किनारमा जलाएर नष्ट गरेको हो ।

पालुङ प्रहरीले चैत्र ८ गते सुराकीको आधारमा थाहा ८ आग्राका लालबहादुर घलान र शेरबहादुर घलानको घरमा लुकाइछिपाइ राखेको अवस्थामा सो परिमाणमा गाँजा बरामद गरेको हो ।

प्रहरीले लालबहादुर घलानलाई लागूऔषधको कसुरमा मुद्दा  चलाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छभने शेरबहादुर घलान फरार छन् । फरार घलानको खोजी कार्य भइरहेको इप्रका पालुङका प्रहरी निरीक्षक दुर्गा खनालले बताउनु भयो ।

Comments

KATHMANDU WEATHER