थाहानगर/११ चैत्र
ल्यायम्ह पुच: मकवानपुर शाखाको अध्यक्षमा सुबिन्द्रमान प्रधान निर्विरोध निर्वाचित हुनु भएको छ ।
शनिबार जेसीज हलमा सम्पन्न २८ औं साधारणसभाले प्रधानलगायत कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । शाखाको उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, सचिव मोहनदाश श्रेष्ठ, कोषाध्यक्ष अञ्जय प्रधान, सह-सचिव सुरेश श्रेष्ठ र सदस्यहरुमा नबिन्द्र प्रधान, आदर्श श्रेष्ठ, निराजन प्रधान र रोहित श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन अधिकृत भूमिराज अवस्थीले जानकारी दिनुभयो ।
मोहनमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाको अवसरमा प्रमुख अतिथि थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले थाहामा २०५० सालको बाढीपहिरोले निम्त्याएको संकट पछि ल्यायम्ह पुच:को जन्म भएको स्मरण गर्दै समुदायलाई परिवर्तन गर्न सकिने कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिनु भयो । कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, पालुङ जेसीजका पूर्व अध्यक्ष मनोज रायमाझी, पुच:का केन्द्रीय कोषाध्यक्ष जर्म श्रेष्ठ, केन्द्रीय सदस्य भूमिराज अवस्थीलगायतले शुभकामना व्यक्त गर्नुभयो ।
साधारणसभाले पालुङ जेसीजसङ्ग सहकार्य गरेर युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा अन्तरक्रिया गरेको छ । पुच:ले थाहा १ ओखरबजारमा सञ्चालित नि:शुल्क एम्बुलेन्स सेवाको स्वामित्व र जिम्मेवारी लिने सम्बन्धमा समेत छलफल गरेको नवनिर्वाचित अध्यक्ष सुबिन्द्रमान प्रधानले बताउनुभयो ।
२०५१ सालमा मकवानपुरमा शाखा विस्तार गरेको पुच:ले थाहा १ को कालिका प्राविको विद्यालय भवन निर्माण, थाहा १ मै खाली डाडामा वृक्षारोपण गरि रमाइलो डाडा सामुदायिक वन उपभोक्ता समिति बनाइरहेको, विभिन्न पटक विषेशज्ञ सिविर सञ्चालन, खानेपानीमा सहयोग लगायतका कार्यहरु गर्दै आएको छ । पुच:को केन्द्रीय कार्यालय बागबजार काठमाडौंमा छ ।
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments