काठमाडौं/५ चैत्र
मकवानपुर प्रतिनिधि सभा क्षेत्र नंं २ बाट निर्वाचित सांसद महेश कुमार बर्तौलाले सरकारले किसानको ढाड सेकिनेगरि मलको मुल्य वृद्धी गरेका बताउनु भएको छ ।
आज आइतबार प्रतिनिध सभाको बैठकमा बोल्नुहुँदै सांसद बर्तौलाले मकवानपुरे जनताको तर्फबाट दुई प्रश्न सरकारलाई सोध्नु भएको थियो । उहाँले 'यो सरकार कसको हो ? यो सरकार कसको लागि काम गरिरहेको छ ? नेपालका किसानहरुलाई एक बोरा मल समेत समयमा उपलव्ध गराउन नसक्ने यो सरकारले किसानको ढाड सेक्नेगरि, ढाड भाँचिने गरि मलमा वृद्धी गरेको छ । मलमा दिंदै आएको अनुदान कटौती गरेको छ । कहिलेसम्म सरकार स्वयं नेपालका किसानहरुले ज्यादतीपूर्ण अन्याय सहनुपर्ने हो ?' भनि सरकारलाई पहिलो प्रश्न गर्नु भएको थियो ।
सांसद बर्तौलाले आज सदनमा तेस्रो पटक बोल्नु भएको हो । उहाँले प्रत्यक पटक जनताका समस्या सदनमा उठाइरहनु भएको छ ।
दोश्रो प्रश्नको रुपमा उहाँले 'अव्यवस्थित बसोबासी, गरिव, भुमिहिन, सुकुम्वासीले लामो समयदेखि जग्गाधनी पुर्जा पाउन सकेका छैनन् । उनीहरुको हातमा जग्गा धनी पुर्जा प्राप्त गर्नको लागि उनीहरुले कहिलेसम्म कुर्नु पर्ने हो ?' भनेर सरकारलाई प्रश्न गर्नु भएको छ ।
सांसद बर्तौला नेकपा (एमाले) संसदीय दलको सचेतक हुनु भए पछि आज पहिलो पल्ट सदनमा बोल्नु भएको हो । शुन्य समयमा प्राप्त एक मिनेटको समयमा सांसद बर्तौलाले मकवानपुरको र सिंगो देशकै साझा समस्यालाई उठान गराउनु भएको हो ।
-
20 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments