थाहानगर/३ चैत्र
नेपाल विद्यालय कर्मचारी युनियन थाहा नगर कमिटीको शुक्रबार सम्पन्न अधिवेशनले जर्मलाल श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चुनेको छ ।
११ सदस्यीय कमिटीको उपाध्यक्षमा रोजिना सापकोटा, सचिवमा पुरुषोत्तम गोपाली, कोषाध्यक्षमा राजाराम गोपाली, सह-सचिवमा रत्नमाया महर्जन चुनिनु भएको निर्वाचन अधिकृत भूमिराज अवस्थीले जानकारी दिनुभयो ।
कमिटीको सदस्यहरुमा रविन्द्र प्रसाद बिडारी, सञ्जिव बलामी, मङ्गलमाया बल, बाबुकाजी आलेमगर, भावना थापा, अञ्जु मोक्तान, सुनिता थिङ, राजेन्द्र अर्जेल चुनिनु भएको छ ।
मधुसुदन रायमाझीको अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अतिथि थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले विद्यालयमा कार्यरत लेखापाल तथा कर्मचारीहरुको समस्यालाई अध्ययन गरि सम्बोधन गरिने बताउनुभयो ।
अधिवेशनमा निजी तथा आवासीय विद्यालय अर्गानाजेशन नेपाल (प्याव्सन) थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधान, एकीकृत नेपाल शिक्षक संगठन थाहानगर अध्यक्ष मनोज रायमाझी, नेपाल शिक्षक संगठन थाहानगर अध्यक्ष रुपचन्द्र गोपाली, नाटेश्वर माविका प्रधानाध्यापक धर्मेन्द्र अर्याल, नेपाल शिक्षक महासंघ थाहानगरका अध्यक्ष राजाराम कार्की, नेपाल विद्यालय कर्मचारी युनियनका केन्द्रीय सह-महासचिव अर्जुन थापा, अखिल नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सानोभाई कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments