थाहानगर/३ चैत्र
नेकपा एमाले निकट नेपाल उत्पीडित जातिय मुक्ती समाज थाहा नगर कमिटीको अध्यक्षमा अशोक खाती निर्विरोध निर्वाचित हुनु भएको छ ।
शुक्रबार थाहानगरको होटल गङ्गामा आयोजित नगर अधिवेशनले खातीको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी निर्विरोध निर्वाचित गरेको हो ।
कमिटीको उपाध्यक्षमा लक्ष्मी सुनार, सचिवमा सन्दिप सुनार, सहसचिवमा सुकमाया ल्वागुन र कोषाध्यक्षमा केदार परियार चयन हुनु भएको छ । कमिटीको सदस्यहरुमा सिताराम खाती, उर्मिला विश्वकर्मा, मिठु विश्वकर्मा, भक्ती परियार, सृजना रोक्का र रबी सुनार चयन हुनु भएको छ ।
अधिवेशनको अवसरमा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य खेम लोहनीले दलितहरुको मुक्ती र उन्नतिका लागि एमाले सरकारको आवश्यकता रहेको बताउनु भयो ।
गोबिन्द विश्वकर्माको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल उत्पीडित जातिय मुक्ती समाजका केन्द्रीय सदस्य नारायण रिजाल, कमल कुमार विश्वकर्मा, एमाले जिल्ला सदस्य तथा थाहानगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधान, एमाले नगर अध्यक्ष अचुतम प्रसाद ढकाल, मुक्ती समाज बागमती कमिटी सदस्य रमेश विश्वकर्मालगायतले दलित आन्दोलनले पारेको प्रभावको बारेमा बोल्नु भएको थियो ।
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments