थाहानगर/२८ माघ
पालुङ जेसीजको आयोजनामा शनिबार एकै दिन तीन वटा तालिमहरु सम्पन्न भएको छ ।
जेसीज हलमा नयाँ सदस्यहरु लक्षित गरि 'उत्प्रेरणा' तालिम, कार्यसमितिलाई 'लोम अफिसर' र 'प्रतिवेदन लेखन' तालिम सञ्चालन भएको महासचिव सञ्जय गोपालीले जानकारी दिनुभयो । 
उत्प्रेरणा तालिमको सहजीकरण पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधान र लोम अफिसर, प्रतिवेदन तालिमको सहजीकरण पूर्व अध्यक्ष कुमार नेगीले गर्नु भएको हो ।
अध्यक्ष सङ्गम कार्कीको सभापत्व तथा संस्थापक अध्यक्ष पुरुषोत्तम ढकालको प्रमुख आतिथ्यमा भएको तालिममा पूर्व अध्यक्ष रामप्रसाद ढकाल, मनोज रायमाझी, नवराज लामा, सहभागीहरु रोशनी गोपाली, निकेश प्रधान, दिपा बल, अजय कार्की, मान सिं दोङ र अन्जय प्रधानले मन्तव्य व्यक्त गरेका थिए ।
Featured News
-
20 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments