थाहानगर/२६ माघ
बिहीबार प्रतिनिधिसभामा मकवानपुर निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद महेश कुमार बर्तौलाले सडक विभाागका महानिर्देशक अर्जुनजंग थापालगायत विभागका अन्य प्राबिधिक कर्मचारीहरु सहित चित्लाङ–चन्द्रागिरी-थानकोट सडकको अनुगमन गर्नु भएको छ ।
सडकको स्तरोन्नति तथा कालोपत्रे हुनुपर्ने भन्दै सांसद बर्तौलाको अगुवाइमा सो टोलीले सडकको अनुगमन गरेको हो ।
आफ्नो कार्यकालमा यो सडकलाई पुर्ण व्यवस्थित बनाउने मुख्य प्राथमिकता रहेको बर्तौलाले आवश्यक कार्य गर्न विभागलाई आग्रह गर्नुभयो ।
चित्लाङ–चन्द्रगिरी-थानकोट सडकको सुरुवाती खण्ड मानिएको चनवन ब्यारेकबाट काठमाणडौको थानकोट प्रहरी चेक पोष्टसम्म जम्मा १८ किलोमिटर दुरी छ ।
सडक अनुगमनको क्रममा आज सांसद बर्तौला, सडक विभागको महानिर्देशक अर्जुनजंग थापा, सडक सरोकार समिति, स्थानीय डा. रामहरि लामिछाने, हरिहर लामिछाने लगायतको टोली सहभागी थियो ।
सडक विभागका महाप्रवन्धक थापाले सडकको केहि खण्डहरु सुधार गर्नुपर्ने, केहि भागहरुमा कटिङ गर्नु पर्ने, नाला व्यवस्थापन तथा कालो पत्रे अबको प्रमुख काम रहेकोले माननीयसँग समन्वय गरेर यी कामहरु सम्पन्न गर्न प्राथमिकता दिने बताउनु भएको छ ।
-
16 hours agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने
-
17 hours agoविज्ञान प्रदर्शनीमा हिमालयन प्रथम
-
1 day agoपालुङ प्रहरी निरीक्षक बज्राचार्यको सरुवा

Comments