Byroad News

Loading...

खाजाको रकम २५ रुपैयाँ गर्न अनेरास्ववियुको माग


खाजाको रकम २५ रुपैयाँ गर्न अनेरास्ववियुको माग

हेटौंडा/१७ असार
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले हेटौँडा उपमहानगरपालिकामा कायम रहेको दिवा खाजा बापतको रकम २५ रुपैँया बनाउनुपर्ने माग राखेको छ । 

आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि अनेरास्ववियुले १२ बुँदे माग राख्दै माग पुरा नभए आन्दोलनको चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले अहिलेको युगमा १५ रुपैँयाले कुनै खाजा नआउने भन्दै कम्तिमा एउटा अण्डा र चना खानेगरि २५ रुपैँयासम्म खाजा रकम बृद्धि गर्नुपर्ने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै पौडेलले निजी शैक्षिक संस्थाहरुको बर्गिकरण हुनुपर्ने, सो अनुसारको मूल्य निर्धारण गरिनुपर्ने, सरकारी विद्यालयले अंग्रेजी शिक्षाको नाममा उठाउने गरेको शुल्क खारेज हुनुपर्ने, निजी शैक्षिक संस्थाले पोशाक खरिदमा गरेको एकाधिकारको अन्त्य गरिनुपर्ने, छात्रावास र नगर बसको ब्यवस्थापन हुनुपर्ने, सार्वजनिक यातायातामा विद्यार्थीहरुलाई ४५ प्रतिशत छुट हुनुपर्ने, सरकारी विद्यालयमा भएको पुस्तक अभावलाई तुरुन्त संवोधन गरिनुपर्ने बताए । आफुहरुको मागलाई संवोधन नगरिए आन्दोलित हुनुपर्ने पौडेलको भनाइ छ ।

आफुहरुको मागलाई संम्वन्धित निकायले ध्यान नदिए धर्ना, प्रर्दशन गर्ने उनले चेतावनी दिए । कार्यक्रममा अनेरास्ववियुका स्थायी कमिटी सदस्य सन्तोष पौडेल, केन्द्रीय सचिवालय सदस्य किसन घिसिङ लगाएतको उपस्थिति थियो ।

Comments

KATHMANDU WEATHER