थाहानगर/१५ असार
गए रातिको अबिरल बर्षाका कारण थाहानगरको भित्री क्षेत्र पालुङमा यातायात अवागमन अवरुद्व भएको छ ।
रातभरिको पानीले खोलामा बढेको पानीको बहावले खोला भएर निस्किने बाटोहरुमा अवरोध भएपछि सवारी अवागमन अवरुद्ध भएको हो । पालुङ भित्र छिर्न इन्द्रायणी चौर, जनकल्याण मावि, भुङ्दल र टाहाखेलको सडकहरुले जोडिएको छ । तर अहिले यी कुनै पनि सडक बैकल्पिक बाटोको रुपमा प्रयोगमा आउन सकेन । 
पानीले बाटो बिगारेपछि आज नियमित रुटका कुनै पनि बसहरु त्यहाँबाट चल्न सकेन भने स्कुलहरुले पनि सो क्षेत्रमा बस गुडाएको छैन । आज थाहानगरको मुख्य बजार आउने र पालुङ भित्र जानेहरुले झोलुङ्गे पुल हुँदै पैदल मार्ग रोजेका छन् ।
१
२
३
४
५
तस्वीरहरु: अमृता गुरुङ
Featured News
-
16 hours agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने
-
17 hours agoविज्ञान प्रदर्शनीमा हिमालयन प्रथम
-
1 day agoपालुङ प्रहरी निरीक्षक बज्राचार्यको सरुवा

Comments