हेटौंडा/१४ असार
हेटौंडामा अनलाइन जुवा खेल्ने ११ जना पक्राउ परेका छन् ।
मकवानपुर प्रहरीले सोमबार हेटौंडा-४ कमलडाँडास्थित रुकमणी न्यौपानेको घरको तेस्रो र चौथो तलमा संचालित सुर्य प्रसाद टेक्नोलोजी प्रालिमा पैसाको हार जित हुने गरी अवैध रुपमा अनलाइन गेम जुवा खेल्ने र खोलाउने ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए ।
आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता कार्कीले जुवा खेलाउने प्रयोग हुने ईलोक्ट्रोनिक्स डिभाइसहरु सहित उनीहरुलाई पक्राउ गरिएको बताए ।
कार्कीका अनुसार पक्राउ पर्नेहरुमा हेटौंडा-९ लामसुरेका २३ वर्षीय निशान आचार्य, हेटौंडा-४ कमलडाँडाका २४ वर्षीय राजिव गौतम, ११ नंबर वडाका मधुकर बानिया, १४ नंबर वडा चुरियामाईका २४ वर्षीय निमा थिङ, १२ नंबर वडाका २३ वर्षीय विकाश बल, मनहरी-४ मसिनेका २० वर्षीय जोसिल खत्री, गोरखा पालुङटार-७ का २२ वर्षीय डुलास तामाङ, सोही ठाउँका २० वर्षीय तिकमान तामाङ, २१ वर्षीय राजु तामाङ, २५ वर्षीय अमोश तामाङ र बारा निजगढ ४ का २० वर्षीय अर्पण खड्का रहेका छन् ।
उनीहरुको साथबाट १ सय १० थान मोबाइल, ५ थान डेस्कटप कम्प्युटर, ३ थान ल्यापटप, ४ थान राउटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ बरामद गरिएको प्रवक्ता कार्कीले बताए ।
-
20 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments