Byroad News

Loading...

स्काउटद्वारा नगर प्रमुख विष्ट दीक्षित


स्काउटद्वारा नगर प्रमुख विष्ट दीक्षित

थाहानगर/१३ असार
स्थानीय स्काउटद्वारा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर विष्ट दीक्षान्त भएका छन् । 

स्थानीय स्काउट थाहा नगरपालिकाको संयोजक गणेशमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न दीक्षान्त कार्यक्रममा नगर प्रमुख बिष्टलाई नेपाल स्काउट बागमती प्रदेश सदस्य अशोक सारु मगरले शपथ गराएका थिए ।

स्थानीय स्काउटमा स्थानीय तहको प्रमुख स्काउटको संरक्षक तथा उपप्रमुख स्थानीय स्काउटको प्रमुख हुने व्यवस्था छ । कार्यक्रममा शुभकामना दिदै प्याव्सन थाहा नगरका अध्यक्ष सुरेन्द्रमान प्रधानले स्काउटले विद्यार्थीहरुलाई सामाजिक उत्तरदायी बनाउने हुँदा थाहा नगरभित्रका सबै विद्यालयमा स्काउट गठन हुनुपर्ने र संस्थागत विद्यालयहरुले पनि यसको सहजीकरण गर्न सहयोग गर्न तयार रहेको बताए ।

नेपाल स्काउटका बागमती प्रदेश सदस्य अशोक सारु मगरले विद्यालय तहमा मात्र नभई अन्य उमेर समुहमा पनि स्काउट स्थापना हुनुपर्नेमा जोड दिएका छन् ।

नगर प्रमुख बिष्टले आम जनतालाई आधारभूत सैन्य तालिमको आवश्यकता औल्याउँदै स्काउटले थोरै भएपनि यस किसिमको बिपद ब्यबस्थापन, प्राकृतिक बिपत उद्दार कार्य जस्ता स्वयंसेवी कार्य संचालन गरेर स्काउटले आफ्नो देश र समाज प्रतिको दायित्व पूरा गरेकोमा प्रशंसा गर्दै थाहा नगरमा रहेका विद्यालयमा स्काउट शिक्षा लागू गर्न इच्छुक विद्यालयलाई सहयोग गर्न नगर तत्पर रहेको बताए ।

Comments

KATHMANDU WEATHER